रौतहट मौलापुरको नगरसभामा झडप, दुई दर्जन अश्रुग्यास प्रहार

101
  •  
  •  
  •  

काठमाडौं । रौतहट मौलापुरमा जारी नगरसभाको क्रममा दोहोरो झडप भएको छ । नगरसभालाई बिथोल्न विपक्षी समूहले बिहीबार ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

नगरपालिका कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी गठबन्धनले मौलापुर चौकमा विरोध प्रदर्शन गरेको थियो ।

स्थिति तनावग्रस्त भ‌एपछि प्रहरीले स्थिति लाई नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । मौलापुर नगरपालिकाको पाचौ नगरसभा चलिरहदा बाहिर प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ता बिच झडप भएको हो ।

नगरसभाको प्रमुख अतिथि एमाले नेता प्रभु साह रहेका छन् भने उनकी श्रीमती रिना कुमारी साह नगरप्रमुख रहेकी छिन् । सो नगरपालिकामा अनियमितता भएको भन्दै अन्य दलले विरोध प्रर्सन गर्ने क्रममा झडप भएको हो । अहिले पनि झडप जारी छ ।


  •  
  •  
  •