उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

40
  •  
  •  
  •  

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रदर्शन गरेपछि झडप भएको हो।

प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गरेको थियो ।
झडपका क्रममा एक जना प्रहरी र ६–७ जना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरुको टाउको र खुट्टामा चोट लागेको छ। सयौंको संख्यामा विपक्ष दलका कार्यकर्ताले नगरपालिका अगाडि प्रदर्शन गरेका थिए ।

केही दिनअघि नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै राजीनामा घोषणा गरेपछि विपक्षी कांग्रेससहित विभिन्न दल आन्दोलित बनेका छन्।


  •  
  •  
  •