खोकनामा प्रहरी र स्थानीय किसानबीच झडप

319
  •  
  •  
  •  

काठमाडौं । ललितपुरको खोकनामा प्रहरी र स्थानीय किसानबीच झडप भएको छ । काठमाडौं निजगढ द्रुतमार्गका लागि अधिग्रहण प्रक्रियामा रहेको जग्गामा स्थानीयले शनिबार रोपाइँ गर्न खोज्दा प्रहरीले अवरोध गरेको थियो ।

स्थानीयलाई रोपाइँ गर्न प्रहरीले रोकेपछि केही समय खोकना क्षेत्रमा तनाव भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । सरकारले अधिग्रहण गरिसकेको जग्गामा खनजोत र रोपाइँ गर्न खोजिएकाले रोकिएको प्रहरीले जनाएको छ । किसानहरुले भने अधिग्रहण गरेपनि मुआब्जा नपाएको बताएका छन् ।

पैसा नपाएकोले किसानले आफ्नो जमिन खनजोत गर्न पाउनुपर्ने माग राख्दै स्थानीयले प्रहरी बिरुद्ध नारावाजी समेत गरेका छन् । द्रुतमार्ग अन्र्तगत खोकना क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ ।


  •  
  •  
  •