सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झपड, एक जनाको मृत्यु

224
  •  
  •  
  •  

काठमाडौं । सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झपडमा एक जनाको मृत्यु भएको छ ।

प्रतिकात्मक तस्बिर

झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् । अनाधिकृत रुपमा नेपाल छिर्न खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको हो ।

भारतीय नागरिकले खोसेको हतियार पछि सुरक्षाकर्मीले फिर्ता लिएको छ । झडपमा तीनजना भारतीय नागरिकलाई गोली लागेको र उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।


  •  
  •  
  •