‘चुनाव लड्न चाहिँ पाउने, शपथ ग्रहन गर्न चाहिँ नपाउने?’ : राजपा नेता झा

275
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : राजपा नेता केशव झाले चौधरीको शपथ ग्रहणबारे सरकारसँग सकारात्मक छलफल भैरहेको बताए । उनका अनुसार चौधरीलाई जेलभित्रै शपथ गराउने वा बाहिर गराउने भन्नेबारे निर्णय भइसकेको छैन ।

अभियोग लाग्दैमा कुनैपनि व्यक्ति दोषी हुन नसक्ने भन्दै झाले जनमतको सम्मान गरेर चौधरीलाई शपथ गराउनुपर्ने तर्क गरे। ‘चुनाव लड्न चाहिँ पाउने, अनि शपथ ग्रहन गर्न चाहिँ नपाउने?’उनले प्रश्न गरे, ‘कानून बनाउने प्रमुख दलहरुले किन यसमा ख्याल गरेनन् ?’

चौधरीलाई शपथ ग्रहण गर्न कुनैपनि कानूनी व्यवधान नरहेको राजपाको दाबी छ । सर्वोच्च अदालतले चौधरीको तर्फबाट प्रमाणपत्र लिन वारेसलाई दिएको निवेदन मात्र खारेज गरेको, तर शपथ नगराउनु भन्ने कुनै आदेश नदिएको राजपा नेता झाले जिकिर गरे।


  •  
  •  
  •