दुर्घटनाबाट जोगियो जेट एयरवेजको विमान

645
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : काठमाडौंबाट दिल्लीका लागि उडान गर्न लागेको जेट एयरवेजको विमान दुर्घटना हुनबाट जोगिएको छ ।

तेल नै नभएको विमान टेकअफ गर्नै लागेको थियो । पाइलटले तत्कालै थाहा पाएकाले विमान आकस्मिक रुपमा टर्न गराइएकाले जहाज दुर्घटनाबाट बचेको जनाइएको छ । विमानलाई टर्न गरेर पाइलटले तेल हाल्न ल्याएका थिए ।
बुधबार दिउँसो ३ः५० मिनेटमा दिल्ली उडान गर्न लागेको थियो । तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुन जहाजलाई पार्किङ वेमा फर्काइएको थियो ।

जेट एयरवेजको उडान नम्बर २६७ का पाइलटले ‘टेक अफ’ गर्ने समयमा मात्रै जहाजमा तेल नै नभएको थाहा पाएका थिए ।
तेल भरेपछि झन्डै दुई घन्टापछि केही बेरअघि उडान भरेको थियो । विमानमा १ सय ३८ जना यात्री र चालक दलका सदस्य सवार थिए ।

तेल भरेपछि विमान ५ बजेर २९ मिनेटमा उडान गरियो । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दिएको जानकारी अनुसार जेट एयरवेजको यो विमान पाइलट मनोज अरोडाले उडाएका थिए ।

पछिल्लो समय जेट एयरवेजका पाइलट तथा अन्य कर्मचारी चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा छन् ।
एक हजारभन्दा धेरै पाइलटले जेट एयरवेजका विमान उडाउन छाडेका छन् ।


  •  
  •  
  •