चरा ठोक्किएपछि जेट एयरको विमानमा धुँवाको मुस्लो

150
  •  
  •  
  •  

काठमाडौं, १४ पुस (ओएनएस)  : भारतको मुम्बईबाट काठमाडौं आएको जेट एयरको विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुअघि धुँवाको मुस्लो देखिएको छ ।

विमानमा धुँवाको मुस्लो देखिएपनि त्रिभुवन विमानास्थलमा आकस्मीक रुपमा अवतरण गरिएको छ ।

विमानको वाया पट्टीको इन्जिनमा चरा ठोक्किएपछि पछिल्लो भागमा आगो लागेको थियो । विमान अवतरण गर्ने बेलामा आगो लगेपछि उक्त सफलता पूर्वक अवतरण गर्न सफल भएको हो ।

१२ बजे विमानास्थलमा अवतरण गरेको 9W268 नम्बरको विमानमा रहेका सबै यात्रु सकुसल रहेको विमानस्थलले जनाएको छ ।


  •  
  •  
  •