बाबु आमालाई दिने सेवा सुविधाको बारेमा विज्ञको सुझाव लिइने

257
  •  
  •  
  •  

काठमाडौं । संसदीय समितिले सन्तानले जेष्ठ नागरिक बाबु आमालाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिने भएको छ ।

संघीय संसद प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ८ को ‘क’ मा राखिएको पारिश्रमिक वा रकम जम्मा गर्नुपर्ने’ भन्ने बाध्यकारी व्यवस्थाका सम्बन्धमा सदस्यहरुबीच मत ऐक्यता नभएपछि विज्ञका सुझाव लिन लागेको हो ।

बिहीबारको समितिको बैठकमा सदस्यहरुले निश्चित प्रतिशत तोकेर बाध्यकारी व्यवस्था गर्दा सम्पत्ति लुकाउने खतरा बढ्न सक्ने भन्दै यस सम्बन्धमा उपयुक्त व्यवस्था गर्नका लागि विज्ञको सुझाव लिनुपर्ने बताएका थिए ।
बैठकमा समिति सदस्य कृष्ण बहादुर राईले आयस्रोत र अन्य सम्पत्ति अनुसार वर्गिकरण गरेर रकम तोक्नुपर्नेमा जोड दिए ।

अर्का सदस्य हिरा गुरुङले आयस्रोत नहुनेले १० प्रतिशत रकम जम्मा गर्न नसक्ने भएकाले त्यस्ताको हकमा सम्पुर्ण दायित्व राज्यले लिने गरि व्यवस्था गरिनुपर्ने बताए ।

सभापति निरु देवी पालले निश्चित रकम तोक्दा आम्दानी लुकाउन सक्ने खतरा रहेका भन्दै त्यसले समग्र मुलुककै राजश्व संकलनमा पनि असर देखिने बताइन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले वैदेशिक रोजगारीमा जानेहरुका सवालमा विधेयकमा व्यवस्था गरिनुपर्ने बताए ।


  •  
  •  
  •