राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

86
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो ।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो ।
पोखरेलले पुरस्कार स्वरूप नगद १ लाख रुपैयाँ हात पारे । क्यानले नयाँ जर्सी छनोटका लागि ४ सदस्यीय समिति गठन गरेको थियो ।


  •  
  •  
  •