जर्मन बुन्डेशलिगा मे १६ बाट शुरु हुने

82
  •  
  •  
  •  

एजेन्सी । जर्मन बुन्डेशलिगा मे १६ बाट शुरु हुने भएको हो । जर्मन फुटबल संघले बिहिबार बुन्डेसलिगा मे १६ बाट शुरु हुने घोषणा गरेको हो ।

कोरोना भाइरसका कारण मार्च महिनाबाट बन्द रहेको लिगलाइ सुचारू गर्न सरकारले नै अनुमती दिएपछि लिगको मिति तोकिएको हो ।

जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले नयाँ तालिका सार्वजनिक गर्दै सुचारू भएको पहिलो दिन शनिबार ६ वटा खेल हुने बताएका छन् । जसमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले साल्केसंग तथा साविक विजेता बार्यन म्युनिख भने युनियन बर्लिनसँग खेल्नेछ ।

अन्तिम चरणको खेल जुन २७ र २८ तारिखमा हुनेछन । तर लिग अगाडी खेलाडीको परिक्षण अनिवार्य गरिने तथा खेलका दौरान पनि सातामा सबै खेलाडी, प्रशिक्षक र स्टाफको परिक्षण गरिने भएको छ । यसका साथै सबै खेलहरू बन्द रंगशालामा गरिने भएको छ ।


  •  
  •  
  •