काठमाडौं, २८ जेठ (ओएनएस) : विश्वकप उद्घाटन हुन केही दिन बाकी रहदा अमेरिकी पपस्टार जेनिफर लोपेजले उद्घाटन समारोहमा गीत गाउने कार्यक्रम रद्ध भएको छ । विश्वकपको आधिकारीक गीत गाएर चर्चा कमाइरहकी यि गायिकालाई फुटबल प्रेमीले भने स्टेजमा प्रतक्ष्य गाउदै गरेको भने देख्न नपाउने पक्का भएको हो ।
फिफाले वक्तक्य जारी गर्दै जेनिफरको उपस्थिती नहुने जनाएको हो । ‘प्राबिधिक कारणले जेनिफरले उद्घाटन समारोहमा भाग लिन नसक्ने भएकीछन्,’ फिफाले विज्ञप्ति मार्फत भनेको छ । २५ मिनेटको उद्घाटन समारोहमा ६ सय कलाकारले प्रर्दशनी गर्ने कार्यक्रम रहेको समेत फिफाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
र्यापर पिटबुल र ब्राजिनी गायिका क्लाउ्िडया लेइटेसँगै स्वर दिएकी लोपेजको साओ पाउलोमा बिहिबार हुने उद्घाटन समारोहमा सँगै प्रस्तुती दिने कार्यक्रम रहेको थियो ।