काठमाडौं, २ भदाैँ (अाेएनएस) : प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने आधा दर्जन युवालार्इ प्रहरीले पक्राउ गरेकाे छ। प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउन खोज्ने र विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्।
उनीहरुलाई प्रहरीले प्रदेशसभा भवन नजिकैबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ। पक्राउ पर्नेमा सरोज मिश्र, जानी खान, प्रशांत झा संजय यादव र कमलेश यादवलगायत रहेको बताइएको छ ।