बोक्सीको आरोपमा कुटपिट गर्ने चार महिलासाहित ६ जना जेल चलान

442
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : कैलालीमा बोक्सीको आरोपमा कुटपिट गर्ने चार महिलासाहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीय एक १९ वर्षीया युवतीलार्इ निर्घात रुपमा कुटपिट गरिएको अभियाेगमा उनीहरुलार्इ जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको प्रहरीले जनाएकाे छ।

घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।


  •  
  •  
  •