हत्या अभियोगमा जन्मकैद

41
  •  
  •  
  •  

भोजपुर । जिल्ला अदालत भोजपुरले हत्याको अभियोगमा एक जनालाई जन्मकैदको फैसला गरेको छ ।
साइनोमा काका पर्ने ६३ वर्षीय बलबहादुर राईको हत्यामा संलग्न भोजपुर नगरपालिका–१० भैँसीपंखाका ४३ वर्षीय शंकरराज भनिने श्रीकृष्ण राईलाई जन्मकैदको सजाय सुनाएको हो ।

अभियुक्त राईले कुटपीट गरी बलबहादुरलाई मारेको अभियोगमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

त्यस्तै अदालतले मृतककी श्रीमती महिना राईले अभियुक्त श्रीकृष्णबाट एक लाख रुपैयाँ क्षतिपूर्ति पाउने पनि फैसला गरेको छ ।


  •  
  •  
  •