पूर्वराजाको सुरक्षाकर्मीको जीपले ठक्करदिँदा १ जनाको मृत्यु

474
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) : पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको जीपले ठक्करदिँदा मोरङमा १ जनाको मृत्यु भएको छ ।

पूर्वराजाको सुरक्षाकर्मीको बा ३ च ७९६२ नम्बरको जिपले को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ८ का २२ वर्षीय हेम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा बुधबार साँझ करिब ७ बजे ठक्कर दिएको हो ।
सोही दुर्घटनामा घाइते २१ वर्षीय प्रकाश चौधरीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •