सवारी दुर्घटनामा पत्रकारसहित तीन जनाको मृत्यु

112
  •  
  •  
  •  

रुपन्देही, २९ भदौ (ओएनएस) : पुर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देही–७ सालझण्डीमा भएको जिप दुर्घटनामा उद्योगबाणिज्य संघ प्यूठानका निबर्तमान अध्यक्ष तथा पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष सुर्य बहादुर बिश्बकर्मा सहित ३ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

प्यूठानबाट बुटवल तर्फ जादै गर्दा निबर्तमान अध्यक्ष बिश्बकर्माको निजी टाटाँ सुमो जिप दुर्घटनाहुदा उनीसगै प्यूठान बाँदिकोट–६ घरभई हाल भारतको बेङलोरमा उद्यमीको रुपमा सक्रिय ४५ वर्षीया उद्योगी खिम बहादुर गिरी र उनका २५ बर्षिया युबा उद्यमी छोरा सोनु गिरीको मृत्यु भएको हो । जिपमा सबार बिश्बकर्माकी श्रीमति रमा र उनका भाई तथा जिपका चालक अजुर्न बिश्बकर्मा घाइते भएका छन् ।

सालझण्डीमा एक्कासी जिपको टाएर पन्चडभइ जिपले नियन्त्रण गुमाउदा जिप १० मिटर परपुगि पिपलको बोटमा ठोकिएदा उक्त घटना भएको उद्योगबाणिज्य संघ प्यूठानका बर्तमान अध्यक्ष माधबराज भण्डारीले जानकारी दिए । घटना भएलगत्तै पाँचै जनालाई लुिम्बनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएपनि अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको थियो । उनीहरुको निधनले जिल्लानै अहिले सोकमा परेको छ ।


  •  
  •  
  •