रामेछापमा जीप दुर्घटना, ७ को मृत्यु

162
  •  
  •  
  •  

काठमाडौँ, १३ जेठ(ओएनएस) : रामेछापमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

काठमाडौँबाट रामेछापको हिमगंगाको चिलाउनेतर्फ जाँदै गरेको ना १ ज ४१६१ नम्बरको जिप रामछापको ओख्रेनीमा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेहरूको सनाखत भने हुन सकेको छैन् ।

मोड काट्ने क्रममा जिप सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका ६ जनालाई उपचारको लागि रामेछाप जिल्ला अस्पताल रामेछाप बजारमा लगिएको छ । दुर्घटनास्थलमा उद्धारको कार्य भइरहेकाले घाइते संख्या थपिन सक्ने बताइएको छ ।


  •  
  •  
  •