म्याग्दीमा जीप दुर्घटना, ५ को मृत्यु

178
  •  
  •  
  •  

म्याग्दी, २७ बैशाख(ओएनएस) : म्याग्दीमा एक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

पश्चिम दरवाङ्गबाट निस्कोटतर्फ गइरहेको ग १ ज ५१०६ नम्बरको बोलेरो जीप सोमबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । जीप निस्कोट गाविस-४ भलाविसौनास्थित सडकबाट करीब एक सय मिटर तल मिटर खसेको छ । जीपमा सवार १० जना मध्ये पाँच जनाको निधन भएको प्रहरी प्रमुख डिएसपी विश्वराज खड्काले जानकारी दिएका छन् ।

घाइते पाँच जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्ग पुर्‍याइएको उनले बताए ।

मृतकहरुको भने सनाखत भैसकेको छैन ।


  •  
  •  
  •