बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

361
  •  
  •  
  •  

बझाङ, १९ वैशाख(ओएनएस) :बझाङको थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।

थलारा गाउँपालिका ५ गौमती खोलामा बिहीबार बिहान से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा गाँउपालिका ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ ।

विवाहको सामान पुर्याएर फर्किने क्रममा जिप दुर्घटना भएको र घटनाबारे थप अुनसन्धान भइरहेको छ । जिपका चालक भने दुर्घटनापछि फरार छन् ।


  •  
  •  
  •