ललितपुरमा जिप दुर्घटना हुँदा तिन जनाकाे मृत्यु

317
  •  
  •  
  •  

ललितपुर, १७ वैशाख (ओएनएस) : ललितपुरको बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परि महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी सुनिता लोप्चन र सरिता मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै, सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •