जीप दुर्घटना एक जनाको मृत्यु

284
  •  
  •  
  •  

बुटवल, ५ वैशाख(ओएनएस) : पाल्पामा जीप दुर्घना हुँदा गम्भिर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रम्भादेवि गाउँपालिका–३ , देउराली भन्ने स्थानमा लु १ ज १७८६ नम्वरको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–२ सुरुमडाँडाका ३० वर्षीय चालक लालबहादुर सिंजालीको मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका देवबहादुर सिंजाली मृतकका दाजु भएको जनाइएको छ । उनको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलेङ भन्ने स्थानमा सामान छाडेर फर्किने क्रममा बुधबार राती ८ बजेको समयमा जीप ब्रेक फेल भई सडकबाट करिव २ सय मिटर तल खसेको थियो ।


  •  
  •  
  •