जी न्युजका सम्पादकले हटाए नेपालबारे विवादित ट्वीट

136
  •  
  •  
  •  

काठमाडौं । भरतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालबारे लेखेको ट्वीट हटाएका छन् ।

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएपछि चौधरीले नेपाल भारतको न्यूज एङ्करहरुसँग डराएको र नेपालविरुद्ध सेना पठाउनु नै नपरेको ट्वीट गरेका थिए ।

उनको ट्वीटको विरोध हुन थालेपछि उनले आफ्नो ट्वीट हटाएका हुन् ।  उनले अर्को ट्वीटमा भनेका छन्, ‘मेरो यो ट्वीटले नेपालमा हाम्रा दर्शक आहत भएका छन् । यहाँ भारतमा पनि धेरैले मलाई लेखेर यो विचार सही नभएको बताए । सम्भव हुनसक्छ मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो, कसैलाई आहत गर्नका लागि लागि होइन । त्यही भएर म खेद जताउँदै यो ट्वीट हटाउँदैछु ।’

यसअघि जी न्युजले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे बनावटी समाचार प्रशारण गरेको थियो । त्यसपछि नेपालका केबल अपरेटर कम्पनीहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका थिए ।


  •  
  •  
  •