सलमान खानलाई ५ वर्षको जेल सजाय, १० हजार जरिवाना

295
  •  
  •  
  •  

२२ चैत – कालो हरिण मुद्दामा जोधपुर अदालतले बलिउड सुपरस्टार सलमान खानलाई अन्ततस् ५ वर्षको सजाय सुनाएको छ। जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ को छायांकनका दौरानमा कालो हिरण मारेको आरोपमा सलमानलाई सजाय सुनाएको हो ।

कम्तीमा २ वर्षको जेल सजाय माग गरेका सलमानको निवेदनलाई अस्वीकार गर्दै अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो। सलमानलाई जेल सजायसँगै १० हजार भारतीय रुपैयाँ जरिवाना तोकिएको छ।

सलमान खानलाई सेन्ट्रल जेल पठाउने तयारी भैरहेको छ । अदालतको फैसलाप्रति सलमान खानले अपील गर्न सक्नेछन् । यही मुद्धामा अन्य कलाकार सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे तथा नीलमलाई अदालतले सफाई दिएको थियो ।


  •  
  •  
  •