एक खुट्टाले नाच्ने रोमा न्यौपाने जेल चालान, को हुन् रोमा ?

353
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : एक खुट्टाले नाचेर संसार हल्लाउन सफल भएकी रोमा रोमा न्यौपाने ठगी मुद्दामा जेल चालान भएकी छिन्।

काठमाडौँ जिल्ला अदालतको रेकर्ड अनुसार उक्त मुद्दामा रोमा १४ महिना देखि फरार रहेको अवस्थामा प्रहरीले उनलाई उनकै घर महराजगञ्जबाट फागुन २४ गते पक्राउ गरेको थियो।

रोमालाई प्रहरीले दोश्रो पटक पक्राउ गरी अदालतमा पेश गरेको हो। अदालतमा उनी ३६ लाख ५० धरौटी राख्न नसक्दा जेल चालान भएकी काठमाडौँ परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए।

अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनीसँग बिगो बराबरको धरौटी माग गरेको थियो। तर रोमाले अदालतले मागेको धरौटी बुझाउन सकिनन्। त्यसपछि उनलाइ केन्द्रीय कारागार चलान गरिएको छ।

रोमा विरुद्ध २०७२ सालमा तीन जना ब्यक्तिले जिल्ला अदालतमा काठमाडौँमा ठगी मुद्दा दर्ता गराएका थिए। अदालतले रोमालार्इ उक्त मुद्दामा दोषी ठहर भएको फैसला गरेको थियो। त्यसयता देखि उनी फरार नै रहेकी थिइन्।

२०७२ साउन १९ मा कोहिनुर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले रोमाविरुद्ध साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता गरेका थिए । ठमेलमा भीएडी अर्थात ‘भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज’ नामक संस्था खोलेर रोमा र उनका श्रीमान चिरञ्जीवी पोख्रेलले त्यसमा लगानी गर्न सार्वजनिक विज्ञापन गरेका थिए ।

लगानीको अवसर ठानेर कोहिनुरलगायतका तीनै जनाले रोमालाई पैसा दिएका थिए । रोमाले आफ्नो संस्थाबाट भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारीजस्तै संस्था पनि चलाएकी थिइन् । तर उक्त संस्था कहीँकतै दर्ता थिएन, तर त्यसले सहकारीको बचतकर्ताकै शैलीमा बचत पुस्तिका वितरण गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले घटनामाथि अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले २०७२ साउन १५ मा रोमा दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । ठगीमाथि अनुसन्धानका क्रममा प्रहरीले २०७२ वैशाखमा ठमेलबाट रोमाका श्रीमान चिरञ्जीवीलाई पक्राउ गर्यो भने रोमा फरार नै रहिन् ।

जिल्ला अदालतले २०७३ पुस २६ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनाएको थियो।

काठमाडौं जिल्ला अदालतस्रोतका अनुसार न्यायाधीश कृष्ण कोइरालाको इजलासले गत पुस २६ गते उक्त ठगी मुद्दामाथि आंशिक दाबी पुग्ने भन्दै अन्तिम आदेश जारी गरेको थियो।
को हुन् रोमा रु

२०७२ सालमा नेपाल सरकारबाट युवा प्रतिभा तथा युवा उद्यमी अवार्ड पाएकी रोमा नृत्य र अभिनयका क्षेत्रमा ख्याती कमाएकी कलाकार हुन् ।

८ वर्षको उमेरमा बस दुर्घटनामा देब्रे खुट्टा गुमाएकी उनी एउटा खुट्टाकै भरमा कुशल नृत्य गर्न सक्ने भनी चर्चित भइन् ।

टेलिफिल्म र म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा देखाएकी उनले पछिल्ला वर्षमा देश९विदेशमा हुने स्टेज सोहरूमा नृत्य प्रस्तुत गर्ने गरेकी छन्


  •  
  •  
  •