बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

478
  •  
  •  
  •  

काठमाडाैं, १२ असाेज (अाेएनएस) : पर्वतमा बलात्कार गरेको कसुरमा एक जनालार्इ जिल्ला अदालतले पाँच वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्तिको भराउने सजाय सुनाएको छ । १८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा अदालतले कुश्मा नपा–८ चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्रीलाई पाँच वर्ष कैद र ५० हजार क्षतिपुर्तिको भराउने सजाय सुनाएको हाे ।

न्यायाधीश सुर्यबहादुर थापाको इजलासले क्षेत्रीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

पीडित महिलालाई क्षेत्रीले जेठ १८ बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १९ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई जेठ १९ गते गिरफ्तार गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १९ गते जिल्ला अस्पतालमा गरिएको थियो । स्वास्थ्य परीक्षणले बलात्कार भएकाे पुष्टि भएपछि पीडकमाथि मुद्दा चलाइएकाे थियाे।


  •  
  •  
  •