ज्याकलीनकाे याे हट अवतारकाे गीत(भिडियाेसहित)

346
  •  
  •  
  •  

७ चैत्र : फिल्म ‘बाघी २’को “ एक दो तीन “ बोलको गीत सार्वजनिक भएको छ । । गीतमा श्रेया घोसालको स्वर, लक्ष्मीकान्त प्यारेलालको संगीत, जावेद अख्तरको शब्द रहेको छ । गीतमा ज्याकलीन र्फनान्डिजलाई डान्सिङ मुडमा देख्न सकिन्छ उक्त गीतको ओर्जिनल भिडीयोमा माधुरीले कम्मर मर्काएकी थिईन् भने रिमेक भर्सनमा ज्याकलीनले कम्मर मर्काएकी छिन् । फिल्म बाघी २ मार्च ३० मा रिलिज हुदैँछ ।

उक्त फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् । साजिद नाडीयडवाला निर्माता रहेको फिल्ममा टाइगरसँगै मनोज बाजपाई, रणदीप हुड्डा, दिशा पटानी लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्मको पहिलो पार्ट ‘बाघी’मा टाइगरको साथमा अभिनेत्री शारदा कपूर देखिएकी थिइन् भने बाघी २ मा टाइगर श्रोफको साथमा दिशा पटानी देखिएकी छिन् । फिल्म युनिटले बाघी २ प्रर्दशन नहुँदै बाघी ३ को निर्माण घोषणा गरिसकेका छन् । बाघी ३ लाई पनि बाघी २ कै निर्देशक अहमद खानले नै गर्ने भएको छ ।


  •  
  •  
  •