चन्द पुत्र पनि मन्त्री, ओली मन्त्रिपरिषद अब ४१ सदस्यीय

295
  •  
  •  
  •  

jayanta chandaकाठमाडौं, ५ बैशाख (ओएनएस) : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदमा एक सदस्य थपेका छन् । राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई आज उनले वाणिज्य मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री नियुक्त भएलगत्तै चन्दले राष्ट्रपति विद्या भण्डारीसमक्ष सपथ लिएका छन् । राप्रपाको भागमा परेको यो मन्त्रालय श्रम तथा रोजगार मन्त्री दीपक बोहराले सम्हाल्दै आएका थिए । नवनियुक्त मन्त्री चन्द समानुपातिकतर्फबाट सांसद भएका थिए । ओली मन्त्रिपरिषद अब ४१ सदस्यीय भएको छ ।


  •  
  •  
  •