पुनर्संरचनाको प्रतिवेदनको टुंगो लगाएर निर्वाचन घोषणा : मन्त्री जोशी

135
  •  
  •  
  •  

Jaydev-Joshiकाठमाडौं, १४ माघ (ओएनएस) : जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनबारे दलहरुबीच सहमति भए लगत्तै निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री जोशीले आयोगको प्रतिवेदनको विवाद टुंगो लगाएपछि मात्रै सरकारले निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको बताएका हुन् ।

सरकारले जनचाहना अनुसार नै काम गरेको जिकिर गर्दै मन्त्री जोशीले अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाएको दाबी गरे ।


  •  
  •  
  •