भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

315
  •  
  •  
  •  

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउँदैछन् ।  नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी काठमाडौं आउन लागेका हुन् ।  बैठक यहि बुधबार र बिहीबार काठमाडौंमा हुँदैछ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् । बैठकमा द्वीपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुने जनाइएको छ ।

भ्रमणका क्रममा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •