न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोट

151
  •  
  •  
  •  

एजेन्सी । न्यूजिल्याण्डमा ज्वालामुखी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । उत्तरपूर्वी भेगको ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो ।

विस्फोटमा बीस जना मानिस घाइते भएका छन् । अन्य केही सम्पर्कविहीन भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

ज्वालामुखीले एउटा पर्यटक बोकेको डुङ्गामा समेत क्षति पुर्‍याएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
विस्फोट भएको समयमा सो टापुमा करिव ५० जना मानिसहरु रहेको बताइएको छ ।

प्रधानमन्त्री जसिन्डा अर्डेनले सो घटनालाई निकै ठूलो भनेकी छन् । उद्धार निकायले टापु वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ । सन् २००१ यता सो स्थानमा पहिलो पटक ज्वालामुखी विस्फोट भएको हो ।


  •  
  •  
  •