ठिमीमा सिन्दुरे जात्रा मनाइँदै

82
  •  
  •  
  •  

भक्तपुर, २ वैशाख(ओएनएस) : भक्तपुरको ठिमीमा आज सिन्दुरे जात्रा मनाइँदैछ ।  ठिमीका स्थानीय वासिन्दाहरुले नयाँ वर्षको भोलिपल्ट ३२ खटसहितको सिन्दुरे जात्रा मनाउने गर्दछन् ।

स्थानीय भाषामा सुथः सिया भनिने जात्रा एक आपसमा सिन्दुर दल्दै र छ्यापाछ्याप गरी मनाउने प्रचलन रहिआएको छ ।

ठिमीका विभिन्न मन्दिरका खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै यो जात्रा मनाइन्छ । सिन्दुरे जात्रा समापनसँगै दिउँसो मध्यपुर ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ ।

रोग ब्याधी नलागोस, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रार्थना गर्ने परम्परा रहेको छ । जात्राको प्रमुख आकर्षण जिव्रो छेडाउने व्यक्ति हुने गर्दछन् ।
यो वर्षपनि बोडेका ४५ वर्षिय बुद्धकृष्ण बाग श्रेष्ठले जिभ्रो छेड्दैछन् ।


  •  
  •  
  •