आज जातीय उत्पीडत विरुद्धको अन्तर्राष्ट्रिय दिवस

1114
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : जातीय उत्पीडत विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रमकासाथ आज मनाईंदै छ ।

दिवसमा अवसरमा विभिन्न संघसंस्था, अधिकारकर्मी लगायतको सहभागीतामा जनचेतनामूलक कार्यक्रम गरिदैँछ ।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसयता सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा दिवस मनाउने गरिएको छ । नेपालले सन् १९७१ मा महासन्धि अनुमोदन गरेको थियो ।

२०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ जेठ १६ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

जातीय छुवाछुत कसुर सजाय ऐन पनि नेपालमा कार्यान्वनयमा छ । तर जातिका आधारमा गरिने भेदभावमा भने कमि आएको छैन । अझै पनि नेपालमा जातीय भेदभावका कारण दलितहरु, अमानविय दुव्र्यवहार, कुटपिट र अल्पायुमै मृत्यु हुनुपरेका धेरै उदाहरणहरु हाम्रो सामु छन् । नेपालमा जनसंख्याको १३ दशमलव आठ प्रतिशत संख्या दलितको छ ।


  •  
  •  
  •