परिपक्व भएपछि मात्रै जटामसि संकलन गर्न विज्ञहरुको सुझाव

376
  •  
  •  
  •  

जुम्ला, ८ असोज (ओएनएस) : जटामसी मंसिरमा मात्रै परिपक्व हुने भएकोले त्यस अघि संकलन नगर्न विज्ञहरुले सुझाव दिएका छन् । बीउ पाकेर झरेपछि संकलन गर्दा आगामी दिनका लागि बीउ उम्रन पाउने र गुणस्तरीय हुँदा मुल्य पनि राम्रो पाइने उनीहरुको भनाइ छ ।

जटामसी संकलन गरेर जुम्ला बजारमा ल्याइसकिएको सुन्नमा आएको भन्दै कर्णाली जडिबुटी व्यबसायी संघ जुम्लाले परिपक्व भएपछि मात्र संकलन गर्न भनेको हो । परिपक्व नभइकन संकलन गरेको जडिबुटीमा औषधिको मात्रा समेत नहुने भएकाले मुल्य नपाइने महासचिव आनन्द अधिकारीले बताए । परिपक्व नभइकन जडिबुटी संकलन तथा बिक्री वितरण गर्नेलाई कानूनी कारवाही गरिनु पर्ने उनको भनाइ छ ।

दिगोे वन व्यबस्थापनमा समस्या सिर्जना हुनुका साथै जडिबुटी लोप हुँदै जाने भएकाले परिपक्व भएपछि जडिबुटी संकलन गर्न उनले आग्रह गरे ।
यसैबीच पातरासी गाविस वडा नम्बर २ मा रहेको छन्चरियला जडिबुटी प्रशोधन उद्योगलाई पूर्ण सञ्चालनमा आउने वातावरण बनाउन अध्यक्ष पूर्णसिंह बोहोराले माग गरेका छन् ।

स्थानीयस्तरमैं प्रशोधन हुने भएकाले जडिबुटीलाई कच्चापदार्थका रुपमा बिक्री नगर्न उनले सुझाव दिनु भएका छन् । जटामसी, सुनपाती, गोब्रेसल्ला, बोझो, धुपी लगायतका जटिबुटी कच्चापदार्थका रुपमा बिक्री भैरहेकोले अनुगमन गर्न पनि व्यवसायीहरुले माग गरेका छन् ।


  •  
  •  
  •