कवाडी पसलबाट नयाँ जस्तापाता बिक्री

87
  •  
  •  
  •  

काठमाडौं २३ असार ।
भुकम्पयता कवाडी पसलबाट पनि जस्तापाता बिक्री गरेको फेला परेको छ । बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनमा कवाडी पसलमा नया जस्तापाता बिक्री फेला परेको हो । विभागका अनुसार कवाडी पसलबाट बिक्री गर्नु अबैधानिक हो । विभागको टोलीले भक्तपुरको जग्ााती, सल्लाघारी, सुर्य बिनायलगायत क्षेत्रमा अनुगमन गरेको थियो । त्यसक्रममा कवाडी पसलमा नया जस्तापाता ‘ए’ ग्रेड भन्दै ‘बि र सि’ ग्रेड र ‘ए’ ग्रेडको जस्तापाता मनोमानी रुपमा बिक्री गरेको भेटिएको अनुगमन टोली प्रमुख शाखा अधिकृत रत्नेश शशीले बताए ।

‘कवाडी पसलमा नया जस्तापाता बिक्री गरेको, त्यसमा पनि मनोमानी रुपमा पैसा असुल्ने गरेको फेला पायौ,’ उनले भने, ‘ठगी गर्ने ४ जन्ाा सन्चालकलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीमा बुझाएका छौ ।’ ग्रेड फरक गरेर बिक्री गरे प्रति बन्डल ६ देखी ७ सय रुपैयासम्मा फाइदा हुन्छ ।

विभागका महानिर्देशक शम्भु कोइरालाले कवडी पसलमा नया जस्तापाता बेच्नु अवैधानिक भएको बताए । कवाडीबाट बिक हुनुमा कम्पनीको पनि मिलोमतो हुन सक्ने सम्भावाना रहेकाले बयान पश्चात आवश्यक कारबाही अघि बढाइने उनले बताए ।

एउटा व्यवसायको नाममा दर्ता गरेर अर्कोमा सामान बिक्री गर्नु अबैधानिक हो । महानिर्देशक कोइरालाले १/२ मात्रै नभई बन्डलका बन्डल कम्पनीबाट उठाएर बेच्नु कम्पनीको पनि मिलोमतो देखिएको बताए । ‘कम्पनीसग पनि बयान लिएर आवश्यक कारबाही अघि बढाउछौ,’ उनले भने ।

विभागका अनुसार सल्लाघारीमा रहेको अर्चना स्क्रेप सेन्टरले आरती जसतापाता शुन्य दशमलव ३३ एमएमको मुल्य कम्पनीले तोकेको भन्दा बढी मुल्यमा बिक्री गरेको थियो । ‘जस्तापाताको मुल्य ५ हजार ९ सय २७ रुपैया तोकिएपनि निजले ६ हजार ३ सय बिल जारी गरेको पाइयो,’ रत्नेश शशीले भने, ‘सन्चालक टुनटुन चौधरीलाई कालोबजार तथा केही अन्य सामाजिक उपराध सजाय ऐन २०३२ अनुसार कारबाही गर्न महानगरीय प्रहरी वृत जगातीलाई जिम्मा लगाएका छौ ।’

यस्तै, शिव शकर साहको कवाडी पसलमा अनुगमन टोली पुग्दा सन्चालक फरार भई निजले मोबाइल स्वीच अफ गरी लुकी बसेकाले व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाणित कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । निज सन्चालक अवधेस कुमार गुप्तालाई कालोबजारी ऐन अनुसार कारबाही प्रकि्रया अघि बढाउन प्रहरीमा जिम्मा लगाएको छ ।

भक्तपुर जगाती स्थित पिन्टु कवाडी पसलले शुन्य दशमलव ३२ एमएम आरती सुरक्षाको प्लेन कर्कट पाताको मुल्य ६ हजार १ सय रुपैयामा बिक्री गरेको थियो । सन्चालक सुनिल साहलाई कालो बजार ऐन अनुसार कारबाही प्रकि्रया अघि बढाउन जिम्मा लगाएको विभागले जनाएको छ । ऐन अनुसार नेपाल सरकारले तोकेको कुनै पनि माल वस्तु र व्यापारको प्रचलन अनुसार सामन्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएर बिक्री गर्न पाइदैन । २० प्रतिशत भन्दा बढी मुनाफा लिएको अवस्थामा अथवा अभावको मौका छोपी वस्तुको समुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुबै हुन सक्नेछ ।

सुर्य बिनायकमा रहेको शिब शक्ति सप्लार्यसले पनि उपभोक्ता ठग्ने गरेकाले सन्चालक लाल मोहन प्रसादलाई कालोबजार ऐन अनुसार कारबाहीको प्रकि्रया अघि बढाएको जनाएको छ ।

जस्तापाताको माग बढेपछि गुणस्तरहिन जस्तापाता पनि बजारमा बिक्री बितरण्ा बिक्री भएको छ । उपत्यका भित्रिने विभिन्न निमार्ण सामग्रीको गुणस्तर परिक्ष्ाण गर्दा न्युन गुण्ास्तरको फेला परेको हो । यसअघि विभागले भुकम्प प्रभावित जिल्लामा जस्तापाता लगायत निमार्ण सामग्रीमा व्यापक ठगी भएको फेला परेको थियो ।

कान्तिपुरबाट


  •  
  •  
  •