मोदीकी पत्नीले भनिन्, ‘मैले पनि ओबामासँग भेट गर्न पाउनुपर्थ्यो’

370
  •  
  •  
  •  

काठमाडौ, १२ माघ(एजेन्सी) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जब बाराक ओबामा र मिशेल ओबामाको स्वागत गरिरहेका थिए, तब उनकी पत्नी जसोदाबेन भने आफ्नो बिहानको पूजामा लिन थिइन् । जसोदाबेन सुनौलो साडी लगाएर तयार भएकी थिइन् तर, उनी ओबामाको स्वागतमा जानका लागि तयार नभई उत्तरी गुजरातमा आफ्नो गाऊँ ब्रह्मवाडीबाट १ सय २० किलोमिटर टाढाको एक विवाह समारोहमा भाग लिन जानका लागी तयार भएकी थिइन् ।

उनका भतिजाले टेलिभिजन अन गर्दा ओबामाको स्वागतको प्रत्यक्ष प्रसारण भइरहेको थियो । केहीबेर त उनले यसलाई वेवास्ता गरिन्, तर पछि आफ्नो पति मोदीलाई देखेपछी भने त्यसलाई वेवास्ता गर्न सकिनन् । मिशेल र बाराक ओबामाको साथमा मोदीलाई देखेपछि उनले भनिन्, ‘मलाई थाहा थियो की ओबामाको स्वागत भइरहेको थियो, त्यतिबेला म पनि दिल्लीमा हुनुपर्थ्यो, तर साहेब(मोदी) चाहदैँनथे कि म त्यसतिबेला त्यहाँ उपस्थित हुँ । यसले मलाई कुनै फरक भने पर्दैन ।’

जसोबादेनले भनिन्, ‘यदी उनले मलाई आज बोलाए,म भोली पुग्छु, तर म पहिले कहिल्यै जान्न, उनले(मोदी) मलाई बोलाउनु पर्छ । यो मेरो आत्मसम्मान हो जसमा म तल पर्दिन, हामी दुई बीच हैसियतको कुनै कुरा छैन्, हामी दुवै मानिस हौ ।’

modi-jasodabenउनले निर्वाचन भन्दा केही समय पहिले मोदीले आफूलाई पत्नी मानेकोमा आफू आभारी रहेको समेत बताइन् । उनले भनिन्, ‘म सरकारसँग माग गर्छु की मलाई मेरो अधिकार दिइयोस् जसको म हकदार हुँ । मलाई थाहा छ की उनले देशको लागि आफ्नो वैवाहिक जीवन त्याग गरेका छन् । यदी म उनको साथमा हुन्थे भने उनले यति धेरै प्रगति गर्न सक्दैनथे ।’

उनले भनिन्, ‘जब उनी गुजरातको मुख्यमन्त्री थिए, तब म उनको पत्नी भएको स्विकार गरेनन् । जब मैले म मोदीकी पत्नी हुँ भन्थे तब भाजपाका नेताहरुले मलाई झुठ बोलेको आरोप लगाउँथे ।’ जसोदाबेनको विवाह नरेन्द्र मोदीसँग १७ वर्षको उमेरमा सन् १९६८ मा भएको थियो । उनी एक विद्यालयको अवकाशप्राप्त शिक्षिका हुन् र अहिले उनी १४ हजार भारतीय रूपैयाँको पेन्सनले आफ्नो गुजारा गर्ने गर्छिन् ।

उनले भनिन्, ‘विवाहपछि उनी मेरो साथमा केही महिनासम्म रहे, उनी बिहान ८ बजे जान्थे र बेलुका पनि ढिलो गरी आउँथे । एकपटक उनी निस्केपछि फर्केर आऐनन् । म आफ्नो घरमा तीन वर्ष सम्म बसे । जब मलाई उनी फर्केर आउँदैनन् भन्ने लाग्यो तब म पढ्न थाले र शिक्षिका बने ।’

मोदी प्रधानमन्त्री बनेपछि गुजरात सरकारले उनको घरको बाहिर चार कमाण्डो तैनाथ गरेको छ । उनीहरू छायाँ जसरी नै उनको साथमा हिड्छन् । यहाँम्मकी हालै उनीहरू जसोदाबेनको साथमा मुम्बई पनि गएका थिए ।

जसोदाबेनले सूचनाको अधिकारमार्फत दुई आवेदन समेत दायर गरेकी छिन् । उनले उक्त आवेदनमा उनलाई दिइएको सुरक्षाको बारेमा जानकारी मागेकी छिन्, तर उनलाई यो गोप्य भएको भन्दै उक्त जानकारी दिइएको छैन् ।

उनले आफ्नो आवेदनमा भनेकी छिन्, ‘म मन्दिर जान्छु त यीनीहरू मेरो पछाडि आउँछन्, म बसमा चढे भने उनीहरू कारमा पछि-पछि आउँछन् । उनहरू सँगै हुँदा मलाई झन् डर लाग्छ । इन्दिरा गान्धीलाई त उनको गार्डहरुले नै मारेका थिए, मलाई थाहा छ की उनीहरू कसको निर्देशनमा मलाई पछ्याइरहेका छन् ।’

उनी भन्छिन्, ‘उनीहरूका कारण गाउँमा मेरो मजाक उडाइन्छ, उनीहरू मेरो साथमा हिडेको देखेपछि गाउँलेहरूले मोदीको जन्ति आएको या गएको भन्दै मेरो मजाक उडाउँछन् ।’

यी कमाण्डोहरूले हरेक व्यक्तिको जानकारी दर्ता गर्छन् जो जसोबादेनसँग भेट्न आउँछन् । जसोदावेनका आफन्तलाई लाग्छ की यी कमाण्डो सुरक्षाको लागि नभई उनको निगरानी गर्नका लागि राखिएको हो ।

जसोदाबेनलाई सबैभन्दा नराम्रो लागेको कुरा के हो भने प्रहरीले उनले दर्ता गरेको आवेदनको जवाफ लेख्दा उनको नाम जसोबादेन चिमनभाइ मोदी लेखिएको छ । तर, उनले आफ्नो आवेदनमा आफ्नो नाम जसोबादेन नरेन्द्रकुमार मोदी लेखेकी थिइन् । उनलाई नाम परिवर्तन गरी जवाफ पठाएको पटक्कै मन परेको छैन् ।

बीबीसीमा प्रकाशित समाचारको अनुवाद


  •  
  •  
  •