जसपा सांसद यादव निष्काशित

58
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरेको छ।

केन्द्रीय कार्यकारिणी समितिको तीन दिन बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हुँदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुतला दहन भएको थियो। पुतला दहन सांसद यादवको निर्देशनमा भएको भन्दै उनलाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरिएको जसपाले जनाएको छ ।


  •  
  •  
  •