जसपा संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

121
  •  
  •  
  •  

काठमाडौं । जसपा संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको नेता महोमद इस्तियाक राईले जानकारी दिए।

साउन ११ गते निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएपछि उक्त समूहले गरेका जसपाका गतिविधिले वैधानिकता पाएका छन्। जसपाको ३४ जना सांसदमध्ये यादवको पक्षमा २५ जना उभिएको दाबी गरिएको छ। यसअघि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई एकलौटी रुपमा दलको नेता चयन गरेको भन्दै संसद सचिवालयलाई जानकारी दिएको थियो। लगत्तै यादव पक्षले उक्त पत्र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएको थियो।


  •  
  •  
  •