प्रतिवद्धता पूरा गर्न प्रधानमन्त्रीसँग ठाकुर पक्षको आग्रह

53
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।
जसपा ठाकुर पक्षले रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत विषयमा प्रधानमन्त्री देउवाले प्रतिवद्धता प्रस्तुत गरेकोले आफूहरूले विश्वासको मत दिएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
‘रेमश चौधरीलगायत राजबन्दीहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत समस्याहरूको समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जसपाले विश्वासको मत दिने निर्णय गरेको हो,’ जसपाको विज्ञप्तिमा भनिएको छ ।
जसपाले संविधान संशोधनको विषय पनि उठाएको छ ।

साथै जसपाले कोरोना महामारीमा परेका आर्थिक अवस्था कमजोर भएकालाई तत्काल राहत दिन सरकारको ध्यानाकर्षण गराएको छ ।


  •  
  •  
  •