जर्मनीको नयाँ राष्ट्रपतिमा स्टेनमेर

112
  •  
  •  
  •  

EPA
EPA

काठमाडौं, २  फागुन (एजेन्सी) : जर्मनीको नयाँ राष्ट्रपतिमा फ्र्यांक वाल्टर स्टेनमेर निर्वाचित भएका छन् ।

संघीय सभाले जर्मनीमा संवैधानिक हैसियतमा रहेको राष्ट्रपतिको पदमा पूर्व विदेशमन्त्री स्टेनमेरलाई छनोट गरेको बीबीसीले जनाएको छ ।

बर्लिनस्थित संसदमा भेला भएका १६ राज्यका प्रतिनिधि र सांसदहरुले स्टेनमेरलाई राष्ट्रपति पदमा निर्वाचित गरेका हुन् । १ हजार २ सय ६० मतमध्ये उनले ९ सय ३१ मत पाए ।

६१ वर्षीय स्टेनमेर सोसल डेमोक्रेटिक पार्टीका सदस्य हुन्।  स्टेनमेर यसअघि दुई कार्यकाल विदेशमन्त्री रहिसकेका छन्।

 स्टेनमेरले आउँदो मार्च १९ बाट राष्ट्रपति पदको कार्यभार सम्हाल्नेछन् । वर्तमान राष्ट्रपति योआखिम गाउँकको कार्यकाल मार्च १८ तारिखमा समाप्त हुँदैछ ।


  •  
  •  
  •