डरले ज्वालामुखी विस्फोटमा परेकाको उद्वार रोकियो

173
  •  
  •  
  •  

टोकियो, १४ असोज । जापानमा शनिबार भएको ज्वालामुखी विस्फोटमा परी हराएकाको खोजी कार्य मङ्गलबार पनि स्थगित गरिएको छ । सो ज्वालामुखीमा परी कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ ।

सो विस्फोट भएको पहाडमा अहिले पनि करिब २६ वटा शव रहेको अुनमान गरिएको छ । ती शव निकाल्नका लागि गरिने उद्वारको कार्य मङ्गलबार रोकिएको बताइएको छ ।

जापानमा गत शनिबार तीन हजार ६७ मिटर अग्लो हिमाल माउन्ट ओनटाकेमा ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेका थप पाँचजनाको शव सोमबार भेटिएका हो ।

उक्त ज्वालामुखीबाट विषाक्त ग्यास निस्किएको थियो । सो ग्यासका कारण सोमबारको उद्वारको काम पनि अपरान्हदेखि रोकिएको थियो । साथै खरानी, ढुङ्गा तथा खतरानाक बाफ निस्किँदा उक्त चुचुरोको नजिकै पुगेका यात्रीको मृत्यु भएको थियो ।

मङ्गलबार भूगर्भशास्त्रीहरुले सो क्षेत्रमा थप विस्फोट हुनसक्ने अनुमान गरेका छन् । उनीहरुले गरेको सो भविष्यवाणीका कारण मङ्गलाबरका लागि उद्वारको काम रोकिएको हो ।

उद्वार अधिकारीरुले यसको आशङ्काका कारण तथा विस्फोट भएको स्थानमा पनि विभिन्न वस्तुहरु बाहिर निस्करहेकोले पनि उद्वारको काम रोकिएको अधिकारीहरुले जनाएका छन् ।

उक्त ग्यासको गन्ध र शरीरमा सो ग्यास प्रवेश गरेपछि हृदयाघात हुनसक्ने भन्दै स्थलगत तथा हवाई रुपमा पनि उद्वारको काम स्थगित गरिएको हो । (एएफपी)


  •  
  •  
  •