इस्लामिक स्टेटद्धारा जापानी पत्रकारको टाउको छिनाएर हत्या

168
  •  
  •  
  •  

isis_killed_japani_journalist_gotoकाठमाडौ, १८ माघ(एजेन्सी) : इस्लामिक स्टेटले नियन्त्रणमा लिएको जापानी पत्रकारको टाउको छिनाएर हत्या गरेको छ । आतंकवादी संगठनको वेबसाइटमा पत्रकार केन्जी गोतोको टाउको छिनाएर हत्या गरिएको भिडियो सार्वजनिक गरिएको छ । यस घटनाप्रति जापानका प्रधानमन्त्री सिन्जो आबेले जापान आतंकविरूद्धको कार्यमा कहिल्यै पछि नहट्ने जनाएका छन् । यस्तै, अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि इस्लामिक स्टेटको उक्त कार्यको निन्दा गरेका छन् ।

जापान सरकारको इस्लामिक स्टेटका आतंकवादीहरुसँग भएको छलफल सफल हुन नसकेपछि केन्जी गोतोको हत्या गरिएको हो । आतंकवादीहरुले यस भिडियोलाई जापानी सरकारलाई सन्देश भएको बताएका छन् । यसमा आईएसका एक आतंकी ब्रिटिस भाषामा बोलिरहेको छ । आतंकी टाउको छिनाउने दोस्रो भिडियोमा समेत देखिएको छ । भीडियोमा गोतो घुँडाले टेकेर झुकेर बसेको देखिएको छ । करीब एक मिनेटको भीडियोमा गोतो एकदम चुप लागेका छन् । यसमा आईएसका एक आतंकीले गोतोको हत्याको लागि जापानी प्रधानमन्त्रि जिम्मेबार ठहराएका छन् ।

आंतकीले ‘जापानले एक लापरबाहीपूर्ण फैसला गर्दै यस्तो युद्धमा भाग लिन चाहिरहेको छ जुन युद्धमा उसले कुनै पनि हातलमा विजय प्राप्त गर्न सक्दैन’ भनेका छन् । आईएसको ती आतंकीले केन्जी गोतोको हत्या अन्तिम होइन, अन्य जापानी नागरिकको पनि हत्या गरिने बताएका छन् ।

गोतो सीरियाको यात्रामा थिए । यसक्रममा गत वर्ष अक्टुबरमा आतंकीहरूले कब्जामा लिएका थिए । उनले जापानी नागरिक हारूना युकावालाई छुटाउने प्रयत्न गरिरहेका थिए । आईएस लडाकुले गोतो र युवाकालाई छोड्नका लागि २ सय मिलियन डलरको माग गरेका थिए । जोर्डन र जापान दुवैलाई आतंकीहरूको कब्जाबाट छुटाउने प्रयासमा अप्रत्यक्ष रूपमा इराकी ट्राईबल लिडरमार्फत आईएसका लडाकुहरूसँग कुराकानी गरिरहेका थिए । ४७ वर्षीय केन्जी गोतो एक स्वतन्त्र पत्रकार र फिल्म निर्माता थिए । जापान सरकारका अनुसार केन्जी गोतोको हत्या गरेको देखाइएको भिडियोको सत्यापनको कोशिस गरिरहेको छ । एक हप्ता पहिले हारूना युकावाको हत्या गरिएको समाचार आएको थियो । यस्तै, अमेरिका पनि उक्त भिडियोको पुष्टी गर्ने काममा लागेको बताएको छ ।


  •  
  •  
  •