काठमाडौ, १९ माघ(एजेन्सी) : जापानले गोप्य जानकारी जुटाउनका लागि एक सेटेलाइट प्रक्षेपण गरेको छ । यो वर्ष जापानले पहिलो पटक यो सेटेलाइट प्रक्षेपण गरेको हो ।
न्युज एजेन्सी सिन्ह्वाका अनुसार उक्त सेटेलाइटमा एउटा यस्तो रडार प्रयोग गरिएको छ, जसले बादल र अध्याँरोलाई चिरेर पृथ्वीको सतहको हाई रिजोलुशन भएको तस्विर निकाल्न सक्छ । जापान एयरोस्पेस एजेन्सी(जेएएक्सए) र मित्सुबिशी हेवी इन्डस्ट्रिज लिमिटेडले कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट एच-२ए रकेटको मद्धतले उक्त जासुसी सेटेलाईट प्रक्षेपण गरेको हो ।
यो सेटेलाइट पहिले २९ जनवरीमा प्रक्षेपण गर्ने लक्ष्य लिएको थियो तर, प्रतिकूल मौसमका कारण प्रक्षेपणको समय पछि सारिएको थियो । यो जासुसी सेटेलाइट राष्ट्रिय सुरक्षा र आपदसँग सम्बन्धित जानकारी हासिल गर्नका लागि पृथ्वीको सतहको निगरानीको लागि प्रक्षेपण गरिएको बताइएको छ ।