जापानलाई लाग्यो आर्थिक मन्दी

393
  •  
  •  
  •  

japanकाठमाडौं, २ मंसिर (एजेन्सी) अघिल्लो चार महिनामा कूल ग्राहस्र्थ उत्पादन (जिडिपी) मा भारी गिरावट आएपछि जापान प्राबिधिक रुपले आर्थिक मन्दीमा फसेको छ ।

यो बर्षको जुलाईदेखि सेप्टेम्बर महिनामा जापानको जिडिपीमा १.६ प्रतिशतले गिरावट आएको हो । यो अवधिमा जापानले जिडीपी २.१ प्रतिशतले आर्थिक बृद्धि हुने लक्ष्य लिएको थियो ।

आर्थिक बन्दीमा फसेपछि नयाँ आर्थिक नीति पारित गराउने म्यान्डेटका लागि प्रधानमन्त्री सिन्जो आवेले नयाँ निर्वाचनको घोषणा गर्ने छन् । मुलुक आर्थिक मन्दीमा फसेपछि यसअघिको सरकारले गरेको बिक्री कर वृद्धि गर्ने निर्णय कार्यान्वयन पनि ढिलाई हुने बताइएको छ ।

यसअघि सरकारले बिक्री कर १० प्रतिशतले वृद्धि गर्ने बताएको थियो । प्रधानमन्त्री आवेले आफू निर्वाचित भएको दुई वर्षपछि नै नयाँ म्यान्डेटका लागि निर्वाचनको घोषणा गर्न लागेका हुन् ।

विपक्षीहरू टुटफुटमा अल्झिरहेका बेला निर्वाचनबाट अझै बलियो रूपमा सत्तामा आएर नयाँ आर्थिक योजना ल्याउने आवेको उद्देश्य रहेको बताइएको छ ।

मंगलबार आवेले राष्ट्रका लागि सम्बोधन गर्दै अउँदो डिसेम्बर १४ का लागि निर्वाचनको मिति तोक्ने छन् ।


  •  
  •  
  •