जापानमा तुफानको खतरा

267
  •  
  •  
  •  

Noru
जापान, साउन (एजेन्सी) : गत महिना भिषण वर्षाले क्षतिग्रस्त भएको जापानमा यस वर्षकै सबैभन्दा भयानक नोरु नामक तुफान जापानको मुख्य टापुहरु नजिकिदै गएको छ ।

राजधानी टोकियोदेखि १३५० कि मि टाढा तथा क्युसु टापुको दक्षिणतर्फ रहेको अमामी टापु श्रृङ्खलामा शुक्रबार दिउसैदेखि उच्च हावाहुरी तथा भारी वर्षा र आगामी ४८ घण्टामा ८०० मि मि सम्म वर्षा हुनसक्ने मौसमविज्ञान विभागले जानकारी दिएको छ ।

विभागका प्रवक्ताले भने, ‘यो अत्यन्तै ढिलो चल्ने तुफान हो र यसका कारण भारी वर्षा हुनुका साथै बाढीको पनि उच्च जोखिम रहेको छ ।’

उनले नोरुको दिशा परिवर्तन भएमा यसले क्युसुका साथै जापानको मुख्य टापु हंशुलाई पनि प्रभावित गर्न सक्ने तर लामो समयको हलचललाई अहिलेनै पत्ता लगाउन कठिन हुने बताए ।


  •  
  •  
  •