कुसेस जापानको चौथो अधिबेसन सम्पन्न

230
  •  
  •  
  •  

जापान २० पुस । कुर्घा सेवा समिति जापानले अंग्रेजी नया बर्ष २०१६ को शुभकामना आदान(प्रदान सहित बुद्ध रायमाझीको नेतृत्वमा १५ सदस्यीय कार्य समिति तथा ७ सदस्यीय सल्लाहकार समिति निर्माण गर्दै आफ्नो चौथो अधिबेसन सम्पन्न गरेको छ । प्राप्त जानकारी अनुसार अध्यक्ष बुद्ध रायमाझी, उपाध्यक्षहरु क्रमस दिल पगेनी, मेगा सापकोटा ,गोकर्ण क्षेत्री, मोहन लाल शर्मा र ज्ञानुराज शर्मा निर्बाचित हुनु भएको छ । त्यसै गरी महासचिब कृष्णहरि शर्मा, सचिव रबिन रिजाल, कोशाध्यक्ष रामप्रसाद गौतम, सहकोषाध्यक्ष टिका रायमाझी चयन हुनु भएको छ ।

महिला, जन(जाति, भेक तथा सक्रियता नछुटाउने हेतुले १ सचिब र ४ जना सदस्य आगामी बैठकले चयन गर्ने स्रोतले खुलाएको छ ।
त्यसै गरी सल्लाकार समितिमा क्रमसस् कृष्ण केसी, मोहन रायमाझी, इन्द्र पगेनी, हरिहर अर्याल, इन्द्र केसी , गोबिन्द रिजाल, गोकुल अर्याल चयन हुनुभएको छ । कमिटिको संरचना हेर्दा नेतृत्व बिकास संग( संगै सबैलाई समेटेर लैजान खोजेको प्रस्ट देखिन्छ ।

गुल्मीमा शैक्षिक गुणस्तरको वृदि बिकाश र गाउ घरमा आपद विपदको सहयात्रीको संज्ञा पाएको उक्त सस्था जापानमा पनि अत्यन्तै सक्रिय सस्थाको रुपमा जुर्मुराएको छ । झन्डै २०० बढी संख्यामा उपस्थिति रहेको जापान बासी कुर्घालीहरुको यो नै एक मात्र साझा चौतारी हो ।
समाज सेवी वकिल जिसीको बिशेष आथित्य र कृष्ण केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सस्थाले सन् २०११ देखि हाल सम्म भए गरेका कामहरु, सस्थाको आय( व्यय प्र्स्तुत गरिएको थियो ।

गुल्मीमा शैक्षिक गुणस्तरको वृदि बिकाश र गाउ घरमा आपद विपदको सहयात्रीको संज्ञा पाएको उक्त सस्था जापानमा पनि अत्यन्तै सक्रिय सस्थाको रुपमा जुर्मुराएको छ । झन्डै २ सयभन्दा बढी संख्यामा उपस्थिति रहेको जापान बासी कुर्घालीहरुको यो नै एक मात्र साझा चौतारी हो ।
समाज सेवी वकिल जिसीको बिशेष आथित्य ,कृष्ण केसीको अध्यक्षता र मोहन रायमाझीको संचालन रहेको सामुहिक भोजन सहितको उक्त कार्यक्रममा सस्थाले सन् २०११ देखि हाल सम्म भए गरेका कामहरु, सस्थाको आय( व्यय प्रस्तुत गरिएको थियो । कार्यक्रम को अन्त्यमा टोक्यो ओकाचिमाचिमा हल उपलब्द गरेकोमा ‘न्यु सारथी’ रेस्टुरेन्टका संचालक सुबाश खरेल सहित सम्पूर्ण सहभागीहरुलाई धन्यबाद ज्ञापन गरिएको थियो ।


  •  
  •  
  •