जापानमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

86
  •  
  •  
  •  

एजेन्सी । जापानमा ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ ।
कोरोना भाइरसबाट संक्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जनाएका छन् ।
ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बताइएको छ ।

गएको जनावरीमा ती महिला बिरामी भएकी थिइन् । पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्काे अस्पतालमा स्थान्तरण गरिएको थियो ।

दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको संक्रमण देखिएको बताइएको छ । संक्रमितमध्ये एक जना राजधानी टोक्योका हुन् । यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि संक्रमण हुन सक्ने आशंका बढेको छ ।

केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ ।


  •  
  •  
  •