जापानले अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने

492
  •  
  •  
  •  

काठमाडौं । जापानले आगामी वर्षदेखि मत्स्य व्यवसायसहित अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।
जापानले नेपाली कामदार लैजान दुई देशबीच भएको समझदारीअनुसार हाल नर्सिङ केयरगिभरका लागि परीक्षा लिइरहेको छ ।

नर्सिङ केयरगिभरका लागि एक हजार जनालाई मात्रै परीक्षामा सहभागी बनाइएपछि देखिएको नेपाली पक्षको असन्तुष्टि आगामी वर्ष सम्बोधन गरिने जापानी पक्षले वचन दिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

जापानसँग नर्सिङ केयरगिभरसहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारीमा उल्लेख छ ।
जापान र नेपालबीच कामदार लैजाने विषयमा भएको समझदारीअनुरूप पहिलो वर्ष नर्सिङ केयरगिभरका लागि परीक्षा भइरहेको छ ।

भाषा तथा सीप परीक्षा गरी दुईथरी परीक्षामा उत्तीर्ण हुनेहरूले कामदारका रूपमा जापान जान पाउनेछन् ।
सो परीक्षामा एक हजार जनालाई मात्रै सहभागी बनाइएको र परीक्षाबारे जानकारी नदिइएको भन्दै नेपाली पक्ष असन्तुष्ट बनेको थियो ।

सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार त्यस असन्तुष्टिलाई आगामी वर्ष सम्बोधन गरिने जानकारी जापानी पक्षले गराएको छ ।


  •  
  •  
  •