जापानी सांसद आज नेपाल आउँदै

139
  •  
  •  
  •  

काठमाडौं १५ कात्तिक (ओएनएस) : दातृ मुलुक जापानका सांसद योसुके छुरुहोले तीन दिने नेपाल भ्रमणको क्रममा शनिबार राजधानी आउने भएका छन् । नेपालको पछिल्लो राजनीतिक अवस्था, जापानले गर्ने सहयोगलगायतको विषयमा छलफल गर्न उनी आउन लागेको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए ।

उनी नेपाल जापान संसाद मित्रता समुहको महासचिव समेत हुन् । उनले यहाँ रहदा राष्ट्रपति रामबरण यादब, दलका नेताहरु तथा सबैजसो मन्त्रीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । जापानी दुतावासले विज्ञप्ती जारी गर्दै जापान सरकार नेपालको शान्ति र विकासको लागि सहयोग गर्न तयार रहेको उल्लेख गरेको छ ।

सांसदको भ्रमणले दुई पक्षिय जन स्तरको सम्वन्धमा समेत विस्तार हुने अपेक्षा गरिएको छ । संविधान निर्माणका लागि भइरहेको प्रयासमा पनि आवश्यक सहयोग गर्न जापान तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ । उनी सोमबार स्वदेश र्फकनेछन् । उनको नेतृत्वमा एक टोली नै आउने भनिए पनि अहिले उनीमात्र आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए ।


  •  
  •  
  •