जापानामा फक्साई नामको आँधी

220
  •  
  •  
  •  

एजेन्सी । जापानमा फक्साई नामको आँधीका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधीले राजधानी टोकियोसहित कानागावा, सिङजुका शहरका नागरिक बढी प्रभावित भएका छन् ।

आँधीले जापानको उत्तरपूर्वी भागमा बढी असर गर्ने अनुमान गरिएको छ ।
आँधीले केही घरमा क्षति पुर्याएको छ । ति शहरका ३ लाख ९० हजार मानिसलाई सुरक्षित रहन सरकारले अपिल गरेको छ ।

आँधीका कारण रेलसेवा अबरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । एक सयभन्दा बढी हवाई उडानहरु पनि रद्द भएको जनाइएको छ ।

सरकारी कार्यालयको काम पनि प्रभावित भएको छ । आँधीकै कारण विद्युत आपूर्ति पनि बन्द भएपछि २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् ।

आँधी अझै केही दिन रहने भएकाले सचेत रहन मौसमविदले आब्हान गरेका छन् ।


  •  
  •  
  •