जापानमा सम्राटद्वारा राजगद्दी परित्यागको घोषणा

403
  •  
  •  
  •  

एजेन्सी : जापानमा सम्राट आकिहितोले राजगद्दी परित्यागको घोषणा गरेका छन् ।

जापानी समयानुसार अपराह्न आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो मंगलबार अन्तिम भाषण गरेका छन् ।

दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन् ।  यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो ।

राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३ सय ३० जना विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति थियो ।
वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए ।

बीबीसीका अनुसार पदत्याग गरे पनि आकिहितो मध्यरातसम्म सम्राट नै रहनेछन् । बुधवार बिहान युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन् ।
जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन । तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन् ।


  •  
  •  
  •